Monday, November 14, 2016

व्हाट्सऐप (WhatsApp) मा टू स्टेप वेरिफिकेसन कसरी गर्नु ? न्यु फिचर 2016 How To Enable Two Step Verification in WhatsApp? New Feature 2016

व्हात्सऐप्प मा टू स्टेप वेरिफिकेसन कसरी गर्नु ? न्यु फिचर 2016 

 by Avinash Gurung
TECH REVEALS

गूगल, एप्पल र माइक्रोसफ्ट सहित अन्य कम्पनी हरुले अधिक सुरक्षा को लागि टू स्टेप वेरिफिकेसन लाई प्रोत्साहन गर्दछ। तपाई ले पनि अगर यस सुरक्षा लाई इनेबल गर्नु भाको छैन भने, तपाई सजिलै गर्नु सक्नु हुन्छ। व्हाट्सऐप ले पनि हालै मा टू स्टेप वेरिफिकेसन को शूरुवात गरि सकेको छ। 

नयाँ टू स्टेप वेरिफिकेसन वैकल्पिक छ। तर सायद तपाईं आफ्नो व्हाट्सऐप लाई साँच्चै सुरक्षित गर्न चाहनुहुन्छ भने यो सुविधा उपलव्द छ। टू स्टेप वेरिफिकेसन भएपछि व्हाट्सऐप मा फोन नम्बर को वेरिफिकेसन को लागि युजर ले देको छ: अंकको पासवर्ड को आवश्कता पर्छ भन्ने कम्पनी ले विश्वस्त गरको छ। 

अहिले, टू स्टेप वेरिफिकेसन को सुविधा मात्र बिटा प्रयोगकर्ताका लागि उपलब्ध छ। आगामी हप्ता मा यो सुविधा सामान्य प्रयोगकर्ता को लागि जारी गर्न सकिएन सम्भावना छ । एंड्रॉयड बीटा ऐप 2.16.341 या त्यस भन्दा माथि को वर्सन उपयोग गर्ने युजर ले टू स्टेप वेरिफिकेसन लाई इनेब्ल गर्न सक्छ। विन्डोज 10 मोबाइल 2.16.280 बिटा को उपयोग गर्ने युजर ले पनि यस फिचर लाई इनेबल गर्न सक्छ। 

व्हाट्सऐप मा टू स्टेप वेरिफिकेसन लाई इनेबल गर्न यस प्रकार सकिन्छ : 
  1. व्हाट्सऐप ओपन गर्नुस 
  2. सेटइंग मा जानुस 
  3. अकाउन्ट मा जानुस् 
  4. टू स्टेप वेरिफिकेसन मा हेर्नुस 
  5. इनेबल मा टैप गर्नुस्
  6. अर्को स्क्रिनमा, छवटा अंकको पासकोड एन्टर गर्नुस् 
  7. पुन: छ अंकको पासकोड एन्टर गर्नुहोस् 
  8. साथै, अर्को स्क्रिनमा गएर तपाईं आफ्नो ई-मेल पनिएन्टर गर्न सक्नुहुन्छ 
अन्तिम चरण वैकल्पिक छ र व्हट्सऐप ले तपाई को अकाउन्ट लाई लिंक गर्न को लागि ई-मेल एड्रेस सोध्छ। यदि भविष्य मा तपाई ले आफ्नु छ: अंकको पस्कोड बिर्सिनु भयो भने व्हट्सऐप ले यस ई-मेल एड्रेस को मार्फत एउटा लिंक सेन्ड गर्छ जसको मार्फत टू स्टेप वेरिफिकेसन डिसेब्ल भै हाल्छ। 

यदि तपाई ले आफ्नु छ: अंकको पस्कोड बिर्सिन भयो भने व्हट्सऐप ले सात दिन सम्म वेरिफाई गर्नु को अनुमति दिदैन। यसको सात दिन बाद तपाई फेरी आफ्नु व्हट्सऐप ओपेन गर्नु सक्नु हुन्छ तर तपाई को सबै पुरानो मेसेज डिलिट हुन्छ। 

यदि तपाईको कुनै सुझाव र प्रश्न छ भने कमेन्ट बोक्स मा लेख्नुस। तपाई को सुझाव र सवाल हाम्रो लागि धेरै महत्वपूर्ण हो। यदि तपाई ले हाम्रो युटुब चेन्न्ल लाई SUBSCRIBE गर्नु भाको छैन भने SUBSCRIBE मा क्लिक गर्नुहोस। 

धन्यवाद ।।